इलाम : इलाममा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।
घटनामा तीन जना बेपत्ता छन् । स्थानीय डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो ।
घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।
इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ ।
भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














Discussion about this post