इटहरी २० तरहरामा एक दम्पतीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराका श्रीमान श्रीमतीलाई नै कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरू होम्स लाईनमा बसोबास गर्दै आएको बुझिएको छ ।
“भोलिदेखि तरहरा क्षेत्र शिल गरौँ भन्ने लागेको हो,” श्रेष्ठले टाकुरासँग भने, “आजै इटहरी ५ का वडाध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।”
उनका अनुसार तरहरा क्षेत्र एक हप्ताका लागि शिल गर्ने तयारी गरिएको छ । यद्यपि निर्णय हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।














Discussion about this post