इटहरी : पूर्वी नेपालको सीमान्तकृत र लोपोन्मुख लाप्चा समुदायको सामाजिक, सांस्कृतिक र ऐतिहासिक अभ्यासमा आधारित पुस्तक ‘द लाप्चा’ सार्वजनिक गरिएको छ।
जनता बमुमुखी क्याम्पस इटहरीका समाजशास्त्र तथा मानवशास्त्रका उपप्राध्यापक एवम् लेखक अर्जुन उप्रेतीले चार वर्षको अध्ययनपछि पुस्तक प्रकाशन गरेका हुन्।
यसअघि नेपाली संस्करणमा प्रकाशन भएको उक्त पुस्तकको अंग्रेजी संस्करणमा रूपान्तरण गरी पुस्तक प्रकाशन गरिएको हो ।
उप्रेतीको पुस्तकले इलाम–झापा आसपास बसोबास गर्ने लाप्चा समुदायको मातृसत्तात्मक पारिवारिक संरचना, विशिष्ट विवाह प्रथादेखि बुङथिङ (पुजारी) र याबा (शमन)को भूमिकासहितका सांस्कृतिक अभ्यासलाई विस्तृत रूपमा प्रस्तुत गरेको छ।
पुस्तकमा लाप्चाहरूको हिंसाविरोधी पहिचान, ऐतिहासिक सन्दर्भ, लोकनृत्य, सामाजिक मूल्य, जन्म–मृत्यु–विवाहका संस्कार तथा भाषिक–लोकरीतिक पहिचानको अभिलेखन गरिएको छ।
लेखक उप्रेतीका अनुसार लोपोन्मुख र सांस्कृतिक रूपमा विशिष्ट लाप्चा समुदायलाई नजिकबाट बुझाउने उद्देश्यले पुस्तक तयार गरिएको हो।
उनले भनेका छन्, ‘लाप्चा समुदायभित्र, एक विशिष्ट विवाह प्रचलन प्रचलित छ । जहाँ विवाह गर्न चाहने युवाले विवाहलाई अनुमति दिनुअघि आफ्नो रोजेको दुलहीको घरमा एक वर्ष बिताउनुपर्छ, उनको परिवारले उनीहरूको विश्वास कमाउन तोकेका कार्यहरू गर्नुपर्छ ।’
लाप्चा समुदायका आफ्नै रैथाने अभ्यास रहेको र जुन अन्य समुदाका भन्दा पृथक भएको उप्रेतीले बताए ।














Discussion about this post