इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ बाट २० किलो गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा सुनसरीस्थित प्रहरी चौकी घुस्कीबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा डब्लु बी २ ए.एल. ०१७५ नम्बरको भारतीय कार सडक किनारमा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाइ–छिपाइ राखिएको २० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको हो।
गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।












Discussion about this post