Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुँदै

६९ जनालाई विद्यार्थीलाई छात्रवृत्ति प्रदान, ५१ लाखको चेक हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०८२
in समाचार
0
इटहरीको जनता क्याम्पसमा पाँच करोड रुपैयाँमा छात्रावास निर्माण हुँदै
77
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्ताको रकम निकासा गरेसँगै निर्माणको प्रक्रिया सुरु भएको हो ।

क्याम्पसको १३ औं परिषदसभा उद्घाटन समारोहमा विहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले नक्सा पास भइ माटो परीक्षण गरेर अब ठेक्काको प्रक्रियामा गएको बताए । छात्रावास निर्माणका लागि पहिलो चरणमा एक करोड ४२ लाखको काम सुरु हुन लागेको हो ।

यहाँ छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

पछिल्लो अढाई वर्ष यता क्याम्पसमा पढ्ने आउने विद्यार्थीका लागि सात वटा बस सेवा पनि सञ्चालन गरी विद्यार्थीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको क्याम्पसको परिषद्सभामा जानकारी दिइयो ।

बसमार्फत सुनसरीको बराहक्षेत्र, दुहबी, इनरुवासहित मोरङको विराटचोससम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको छ ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगमार्फत एक करोड रुपैयाँ अनुदान ल्याएर क्याम्पसको मुल भवनभन्दा पछाडि थप भवन निर्माण गरिएको छ ।

भौतिक पूर्वाधारतर्फ कोशी प्रदेश सरकारको २५ लाख लगानीमा कम्पाण्ड वाल निर्माण, स्ववियू भवन निर्माण, इ ब्लकको दोस्रो तल्ला पूर्ण रुपमा र तेस्रो तलाको छत निर्माण भएको छ ।

यस्तै, विद्यार्थीलाई खानेपानीका लागि फिल्टरको व्यवस्था, सिसि क्यामेरा जडान, इ–हाजिरी, प्रविधिमैत्री कक्षा सञ्चालनका लागि स्मार्ट बोर्ड खरिदलगायतका महत्वपूर्ण कार्य भएको अध्यक्ष केसीले बताए ।

केसी नेतृत्वको टिमले विषय विभागलाई व्यवस्थित गर्न १० थान कम्प्यूटर खरिद र इन्टरनेटको पहुँच विस्तार गर्न रिपिटरको व्यवस्था गरेको छ ।

उनकै नेतृत्वले पोखरी सुधार, ड्रेनेज निर्माण, क्याम्पसमा नर्सको व्यवस्था, जर्नल प्रकासन, मुख्य विषय अग्रेजी लिएका विद्यार्थीका लागि सम्मेलनको आयोजना र क्याम्पसको कामलाई चुस्त दुरुस्त बनाउन सफ्टवेयर खरीद गरेर सञ्चालन गरेको कार्यक्रममा जानकारी दिइयो ।

क्याम्पसले ६ महिनाअघि विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता समेत गरेको थियो ।

जसमा भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको थियो । सो सम्झौतापछि पुस ५ र ६ गते दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन समेत गरेको थियो ।

६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

क्याम्पसको परिषद्सभा उद्घाटनका क्रममा ६९ जना विद्यार्थीलाई एक लाख ९७ हजार ३५० रुपैेयाँको छात्रवृत्ति पनि वितरण गरियो ।

जसमा २० जना दाताले अक्षयकोषमा राखेको रकमबाट ब्याज र यूजिसी कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विभिन्न शंकायमा उत्कृष्ट, जेहेन्दार, गरिब, दलित तथा असहाय विद्यार्थीलाई रकम वितरण गरिएको क्याम्पस प्रमुख प्रा. डा. गीता अधिकारीले बताइन् ।

साथै, यसै वर्षदेखि थप दुई जना दाताले अक्षयकोष स्थापना गरेका छन् ।

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नकै लागि इटहरीका उद्योगी भीमबहादुर पौडेलले विहीबार नै ५१ लाख रुपैयाँको चेक सञ्चालक समितिका अध्यक्ष केसी र क्याम्पस प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

अब आगामी वर्षदेखि ठूलो संख्यामा विद्यार्थीलाई लाभ पुग्नेछ । व्यावसायी पौडेलले पुस ५ गते जनता क्याम्पसले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटनका क्रममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।

सोही क्रममा कर्मचारीमध्ये यामनाथ पौडेललाई नगदसहित सम्मान गरियो । भर्खरै सकिएको इटहरी उपमहानगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबलतर्फ विजयी भएका छात्रलाई सम्मान पनि गरियो । यस्तै, एक महिनाअघि भएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा आर्थिक सहयोग गर्ने दातालाई कदरपत्र समेत प्रदान गरियो ।

क्याम्पसको परिषद्सभा उद्घाटनका क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले आगामी प्रतिनिधिसभाको निर्वाचनमा देश बनाउने एजेन्डा भएका नेतालाई चयन गर्नुपर्ने राय राखे । उनले भने, ‘अब चुनावमा प्रतिस्पर्धा गर्ने व्यक्तिसँग देश बदल्ने संकल्प, सिद्दान्त अनि भ्रष्टाचार अन्त्य संकल्प सबै कुरा सोधीखोजी गरेर चित्तबुझदो व्यक्तिलाई मतदान गर्नुपर्र्छ ।’

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । क्याम्पसमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तस्बिरहरू : 

Tags: #इटहरीजनता बहुमुखी क्याम्पसशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.