इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न मितिमा जिल्लाका फरक–फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरी विवरणअनुसार फागुन १३ गते इलामको माङ्सेबुङ गाउँपालिका–१ का ३८ वर्षीय प्रविन मिश्रलाई पक्राउ गरिएको छ।
त्यसैगरी फागुन १६ गते मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सीताराम बुढाथोकी र भोजपुरको साल्पा सिलिसो गाउँपालिका–१ का ४६ वर्षीय डिल्लिराम बोहोरालाई सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
निर्वाचनको शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुन नदिन विशेष निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















Discussion about this post