उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको इँटाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ का २४ वर्षीय हेमन्त सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा पछाडि सवार त्रियुगा–१२ सोनापुरका १८ वर्षीय राकेश सदा घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।
जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।













Discussion about this post