संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका ३५ वर्षीय विनय मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा एक थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेसँगै मगरलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post