उदयपुर : खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी १४ वर्षीया आयुसा सदाको खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजतलासकै क्रममा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।













Discussion about this post