इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले जिल्लामा लागू हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् ।
प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेला भई कुनै पनि कार्य गर्न पाइने छैन ।
सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्यक्रममा रोक लगाएको जनाएको छ ।
त्यसै गरी मन्दिर, शक्ति पीठमा नित्य पूजा बाहेक अन्य भेला भइ पूजाआजा गर्न नपाइने भएको छ ।
सुनसरीमा निषेधाज्ञाको अवधि कात्तिक १ गते शनिबारदेखि मंसिर ६ गते सम्म रहने प्रशासनले जनाएको छ ।













Discussion about this post