चक्रघट्टी : कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिदाँ समेत तीनेै तहको सरकारले जनमुखी काम नगरेको भन्दै नेपाल बिद्यार्थी संघले सुनसरीको वराहक्षेत्रस्थित कलाबञ्जर बजार क्षेत्रमा सेमिटाइज गरेको छ ।
शुक्रवार नेबिसंघ परिचालन समिति सुनसरी वराहक्षेत्रले कलाबञ्जरको मुख्य चौक, सरकारी संस्था, सहकारी, वैङ्क लगायतका सार्वजनिक स्थानमा सेनिटाइज गरिएको नेबिसंघ वराहक्षेत्रका नेता रोहित काफ्लले बताए ।
उनका अनुसार सरकारले अहिलेको बिषम् परिस्थितिमा पनि जनतामुखी काम नगरेको भन्दै आँफूहरुले सेनिटाइज गरेको बताए ।

नेपाली कांग्रेस बराहक्षेत्र नगरका प्रवक्ता जगद कार्कीले सरकारले जनताको हितमा काम नगरेको समयमा नेविसंघले सेनिटाइज गरेको बताए ।
नेविसंघका नेता सहदेव काफ्लेले अहिलेको कठीन अवस्थामा दिन प्रतिदिन संक्रमण तीब्र रुपमा बढ्दै गएको अवस्थामा सरकार कानमा तेल हालेर बसेको आरोप लगाउदै नेविसंघले अन्य रचनात्मक काम गर्ने समेत बताए ।













Discussion about this post