प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आग्रह गरेको छ ।
केही व्यक्तिले विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नक्कली आइडी बनाएर कल गर्दै ‘म प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको हुँ’ भन्दै प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरेको हो ।
यस्ता गिरोहले प्रविधिको दुरुपयोग गर्दै फेसबुक ह्याक भएको भन्दै त्यसको प्रमाणीकरणका लागि नाङ्गो तस्वीर एवं भिडियो माग गरेको साइबर ब्यूरोको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित समेत गरिएको छ ।














Discussion about this post