जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले भोलि सोमबारदेखि मंसिर ६ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
नेपालीहरुको महान पर्व तिहार र छठलाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको हो ।
मन्दिर शक्तिपीठ र समाजमा सामूहिक रुपमा गरिने क्रियाकलाप समेत रोक्ने निर्णय भएको छ ।
सुनसरीमा कोरोना संक्रमित बढ्दै गएको भन्दै भोलि २४ गतेदेखि मंसिर ६ गते सम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।
देउसी भैलो खेल्न, जुवातास खेल्न, मेला जात्रा सञ्चालनमा रोक लगाइने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।














Discussion about this post