इटहरी (डेस्क) : सुनसरीको बराहक्षेत्र ७ बोराबाधबाट लागूऔषध, खैरो हिरोईन ब्राउनसुगर सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाँउपालिका ५ का २८ बर्षीय रामकुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागूऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post