धरान : ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा नेपाल दलित संघको केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुईदिने अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
सो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा आउने भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरि मंगलबार जातीय विभेद उन्मुलन दिवसको अवसरमा पार्टी सभापति देउवा आउन लागेको जानकारी गराइएको हो ।
कार्यक्रमका संयोजक एवं नेपाल दलित संघका केन्द्रीय सदस्य गोबिन्द बिश्वकर्माका अनुसार कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनकुमार बिश्वकर्मा र नेपाली कांग्रेस प्रशिक्षण बिभागका केन्द्रीय सदस्य बिरेन्द्र साह रहनेछन् ।
प्रदेश १ भरिका प्रत्येक जिल्लाबाट १ महिला सहित ५ जनाको प्रशिक्षण कार्यक्रममा सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कार्यक्रम मंगलबार र बुधबार हुनेछ । उक्त दुईदिने अन्तरक्रिया कार्यक्रम ब्यवस्थापन नेपाल दलित संघ जिल्ला कार्यसमिति सुनसरी, धरान नगरसमिति र क्षेत्र नं. १ समिति सुनसरी रहेको प्रचार-प्रसार संयोजक गणेश परियारले जानकारी दिए ।
Discussion about this post