उदयपुर : उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको उदयपुरगढी गाउँपालिका–१ कोर्सेस्थित भित्री सडकखण्डमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटरजति तल झर्दा चालक भोजपुरको हतुवागढी गाउँपालिका–२ का अन्दाजी १९ वर्षीय नीरज मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १–०२–००२ त ९६१ नम्बरको खाली ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर सहचालक उदयपुरको ताप्ली गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय रमेश श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post