खोटाङ : खोटाङको ऐँसेलुखर्क गाउँपालिका ३ ऐँसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक र गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
तामाङको घरबाट भरुवा बन्दुक १, तयारी बारुद २५० ग्राम, सोडा २५० ग्राम, सिसाको गोली २८, ढुंगाको छर्रा ३४, कराईको टुक्रा ४०, सलाई १, गोली बनाउन प्रयोग गरिने सिसा ३ बरामद गरिएको प्रहरीले जनाएको छ ।
हातहतियार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
रासस














Discussion about this post