धरान : अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ ।
नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ बिहीबार धरान २ स्थित पार्टी कार्यालयमा पत्रकार आङ्लालाई प्रदान गरिएको हो ।
प्रदेश नं. १ संसदीय दलका नेता एवं कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय संसद मीना सुब्बा, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एवं ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’ का संस्थापक संरक्षक तिलक राई लगायत नेताहरुले नगद २० हजार रुपैयाँसहित पत्रकार आङ्लालाई सम्मान पत्र प्रदान गरेका थिए ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल दुई लाख रुपैयाँ प्रदान गरी अक्षयकोष स्थापना गरेका थिए ।
मेयर राईले अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उनको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताए ।














Discussion about this post