इटहरी : सुनसरी र मोरङमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ।
भदौ ११ गते सोमबारदेखि विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदय श्रेष्ठका अनुसार मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिकामा दादुरा–रुबेलाका बिरामीहरू धेरै फेला परेका छन्। रतुवामाइमा ४१ र बर्जुमा ३२ जना बिरामी भेटिएका छन् ।
मोरङ र सुनसरीमा विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियान सञ्चालन हुनेछ।














Discussion about this post