इटहरी : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुट्टा तथा भ्रामक सामग्री प्रसारण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठाकुरले आफ्नो फेसबुक आईडीमार्फत निर्वाचनलाई असर पार्ने किसिमको भिडियो अपलोड तथा सेयर गरी समाजमा अफवाह फैलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँको प्राविधिक सहयोगमा उनलाई इनरुवा महेन्द्रचोकबाट अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससहित नियन्त्रणमा लिइएको हो।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले निर्वाचनको संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित र भ्रामक सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।े














Discussion about this post