खोटाङ : खोटाङमा एक वृद्धलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १० पाथेका बस्ने ६१ वर्षीय भीमप्रसाद राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post