इटहरी : सुनसरीमा घुस रकमसहित नायब सुब्बा र खरदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नायब सुब्बा कटुवाल र खरदार अधिकारीलाई उक्त रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो ।
उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट पक्राउ गरिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ ।
Discussion about this post