विराटनगर : रास्ट्रिय तेक्वान्दो संघ मोरङको आयोजनामा सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमबीच तेक्वान्दो खेलाडिको ‘जुनियर ग्रेडिङ’ सम्पन्न भएको छ ।
तीन महिनासम्म सञ्चालित तेक्वान्दो तालिमपछि खेलाडिलाई ‘ह्वाइट बेल्ड’देखि ‘रेड बेल्ट’सम्म ‘ग्रेडिङ’ गरिएको हो । उक्त समारोहमा ३७५ जना खेलाडीको सहभागीता थियो ।
उक्त कार्यक्रममा तेक्वान्दो मोरङका अध्यक्ष इन्द्रबहादुर तामाङ, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योन्जन लामा, राष्ट्रिय तेक्वान्दो संघ कोशी प्रदेशका महासचिव पिताम्बर पौडेल, तेक्वान्दो मोरङ सह–सचिव राजीव गौतम र तेक्वान्दो मोरङका सचिव तथा ‘ग्रेडिङ’ प्रशिक्षक द्वारिका रेग्मीलगायतको सहभागीता थियो ।
Discussion about this post