दमक : गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’को लोकार्पण गरिएको छ । शनिबार दमकको कदम थियटरमा गजलकार काश्यपको गजल सङ्ग्रह ‘सराब’को लोकार्पण गरिएको हो ।
स्रष्टा पब्लिकेशन दमकले प्रकाशन गरेको उक्त गजल सङ्ग्रहिभत्र ९६ वटा गजल समावेश छन् ।
लोकार्पण समारोहपछि केशव आचार्य र घनश्याम पथिकले कृतिको चर्चा गरेका थिए ।
प्राज्ञ सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्रष्टाहरूले कृतिकार काश्यपको गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै कृतिकार काश्यपले आफूले विभिन्न समयमा लेखिएका गजलहरू समावेश गरेको बताए ।
‘१५ दिनको ध्यान गर्नु र गजल लेख्नु मेरा लागि बराबर हो,’ उनले भने, ‘प्यासन र प्रोफेसनलाई सँगै लिएर जान नसक्दा १७ वर्षपछि मात्रै अर्को गजल सङ्ग्रह प्रकाशित गर्नुप¥यो ।’
२०६४ मा ‘नयनभित्र तिम्रो तस्बिर’ गजल सङ्ग्रह प्रकाशित भएको थियो ।
भिडियो
Discussion about this post