Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८१
in विविध, समाचार
0
अरुण तेस्रोमा कार्यरत मजदुरको शंकास्पद मृत्यु, चार दिनसम्म परिवारले बुझेनन् शव

तस्वीरमा अरुण तेस्रो गाउँ ।

68
SHARES
Share on FacebookShare on Twitter

किमाथाङ्का : सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् ।

भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।

किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।

उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।

उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् । भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व सङ्कलन भएको थियो ।

जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले रु एक लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ ।

किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन् ।

किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किमि छ ।

Tags: #राससभन्सारसङ्खुवासभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.