Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

कोशी प्रदेश प्रिमियर लिग : पाँचथर अन्तिम चारमा, लोहोरुङ बाहिरियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १, २०८१
in खेलकुद, समाचार
0
कोशी प्रदेश प्रिमियर लिग : पाँचथर अन्तिम चारमा, लोहोरुङ बाहिरियो
94
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह ए बाट समूह विजेता हुँदै पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहोरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समूह विजेता बनेको हो । समूह विजेता भएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।

पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

समूह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समूह विजेताको टुंगो लागेको थियो । पराजित भएको लोहोरुङ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बिहीबार नै समूह सी अन्तर्गत भएको खेलमा इलामको रेड हर्ष क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै धनकुटाको देउराली फुटबल क्लबले समूह विजेता हुने सम्भावना कायमै राखेको छ ।

समूह सी मा झापाको धाइजन चारआलीसँग पराजित भएको धनुकटा र एक खेल खेलेको धाइजनको समान ३ अंक भएको छ । शुक्रबार हुने रेड हर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह विजेताको टुंगो लाग्ने छ ।

यस समूहमा रहेका तीनै क्लबको दोस्रो चरणमा पुग्ने सम्भावना छ ।

शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुनेछ भने इलामको रेड हर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीचको दोस्रो खेल हुनेछ ।

३ अंक भएको बुइपा र शून्य अंक भएको धरान दोस्रो चरण प्रवेशका लागि खेल्नेछन् । धरानले २ गोलको अन्तरमा बुइपालाई पराजित गर्दा मात्रै दोस्रो चरणमा पुग्नेछ भने बुइपा भने १ गोल अन्तरले पराजित हुँदा पनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिए ।

११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Tags: #खेलकुद#धरानप्रिमियर लिग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1474 shares
    Share 590 Tweet 369
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.