झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–४ निवासी ४८ वर्षीय राजवंशी हाल इलामको सीमा सुरक्षा बेस (बीओपी) समालबुङ पोस्टमा कार्यरत थिए।
शनिबार साँझ ७ः५५ बजे कमल गाउँपालिका–३, सानो केर्खा नजिकै पूर्व–पश्चिम राजमार्गमा राजवंशी सवार प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राजवंशी घर बिदा सकाएर ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post