धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर विभागीय रिफरल ओपीडी सेवामा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गरेको छ।
प्रतिष्ठानका अनुसार उपचारका लागि आउने बिरामी, स्थानीय नागरिक समाज तथा विभिन्न सरोकारवालाबाट आएका प्रतिक्रिया र गुनासोका आधारमा २०८२ भदौ ८ गतेदेखि नयाँ व्यवस्था लागू गरिएको हो।
यसअनुसार अब अर्को निर्णय नभएसम्म अन्तर विभागीय रिफरल ओपीडी सेवामा कुनै अतिरिक्त शुल्क नलाग्नेछ।
यस्तै, ओपीडीको अवधि १० दिन भित्र पुनः दर्ता गरिरहनु नपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। तर, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी सेवाको दैनिक दर्ता गर्ने व्यवस्था भने यथावत रहने प्रतिष्ठानले जनाएको छ।
यो निर्णयसँगै बिरामी र अभिभावकलाई थप सहज हुने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ।













Discussion about this post