इटहरी : घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा एक महिलाको ज्यान गएको छ।
खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार गम्भीर घाइते भट्टराईको उपचारको क्रममा राति ९ः१० बजेतिर मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।
घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थल प्रहरी चौकी खनारबाट करिब एक सय मिटर दक्षिणतर्फ पर्छ।
Discussion about this post