विराटनगर : ७० औं प्रहरी दिवस-२०८२ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेललाई रक्तदानका लागि ब्लड ब्याग हस्तान्तरण गरे ।
उनले रक्तदानजस्तो मानवसेवामूलक कार्यले प्रहरी संगठनको सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउने उल्लेख गरे ।
रक्तदान कार्यक्रममा प्रहरी अधिकृत, प्रहरी कर्मचारी, साथै प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थीहरू समेतले स्वेच्छिक रक्तदान गरेका थिए ।














Discussion about this post