मोरङ : मोरङमा एक पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार जहदा गाउँपालिका–५ केवरत टोलका ६० वर्षीय सतन महतो बुधबार बिहान मृत फेला परेका हुन् ।
घर नजिक रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post