इटहरी : इटहरीका गायक तथा संगीतकार दीपेन्द्र राई तथा अस्मिता अधिकारीको स्वरमा रहेको ‘काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
इटहरीमै शिक्षण पेसा गर्दै आएका एनबी मगरले रचना गरेको म्यूजिक भिडियो दसैं पर्वको अवसर पारेर सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो माया–प्रेमसँग सम्बन्धित छ । केशव दियालीको नृत्य निर्देशन रहेको म्यूजिक भिडियो इटहरी तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको छ ।
सुरेश थापाको निर्देशन रहेको म्यूजिक भिडियोमा गजेन्द्र योङ्हाङ, करिष्मा साही, जेनिस विकलगायतको अभिनय रहेको छ ।
पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियोमा तयार गरिएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा दसैको अवसरमा शुभकामना आदानप्रदानसमेत गरियो ।
Discussion about this post