इटहरी : अविरल वर्षाका कारण धनकुटाको मुलघाट–नमस्ते झरना आसपास पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएका कारण धनकुटातर्फ जाँदै गरेका यात्रुहरू अलपत्र परेका छन्।
धरान–धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि बस, जीप र मालबाहक गाडीहरू भेडेटारमै रोकिनु परेको छ।
सडक अवरोधले दशैं नजिकिँदै गर्दा घर फर्कन लागेका यात्रुहरू मर्कामा परेका छन्।
स्थानीय प्रशासनले जोखिमलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।













Discussion about this post