इटहरी : तरहरा जेसीजले हरेक वर्ष मनाउँदै आएको सप्ताह कार्यक्रम सुरु भएको छ ।
शनिवार तरहरा चोकमा स्लो बाइक रेस प्रतियोगिता आयोजना गर्दै सप्ताह कार्यक्रम सुरु गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ ओनिस अधिकारी र महिलातर्फ शान्ता काफ्ले विजयी भए । उनीहरूले एक–एक थान हेलमेट प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले मोटरसाइकल रेस चलाएर जीवनको रेस नजितिने बताए ।
खासगरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना बढ्न सक्ने उदृत गर्दै सचेत नागरिकहरूले ट्राफिक सचेतनासमेत फैलाउनुपर्नेमा उनले जोड दिए ।
यसैगरी इटहरीमा शान्ति, सुरक्षाको प्रत्याभूति गराउन आफूले भूमिका खेल्ने र आम नागरिकले साथ दिनुपर्नेसमेत उनले बताए ।
कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरहरा जेसीजका पूर्व अध्यक्ष द्रोण न्यौपाने, झुम्का जेसीजका अध्यक्ष दीपेश बराइलीलगायतले बोलेका थिए ।
प्रभाव कटवालको संयोजकत्व, सुमन दाहालको अध्यक्षता एवम् रोशन भुजेलको मूल संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको महासचिव ओम खड्काले बताए ।
भिडिओ
Discussion about this post