Wednesday, October 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अझै खुलेन मेची राजमार्ग, ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या

रासस by रासस
अशोज २६, २०८२
in विविध, समाचार
0
इलाम : पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, तीन जना बेपत्ता
60
SHARES
Share on FacebookShare on Twitter

इलाम : गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् ।

सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।

सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए ।

“सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले भने, “तर सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो ।” पहिरो पन्छाउन सडक डिभिजनले तीन वटा एस्काभेटरको प्रयोग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए ।

“सडकखण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएका छौँ”, उनले भने।

राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठुलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ ।

मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ ।

झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् ।

इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् ।

सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन ।

बाढी पहिरोका कारण जिल्लाका अधिकांश स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।

राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् ।

इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक क्षतिग्रस्त भएको बताइन्।

Tags: #राससइलाममेची राजमार्गराजमार्ग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर
समाचार

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

पाँचथर : तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तमोर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ७ अम्वेजनीमा...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
समाचार

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

इटहरी : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई...

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

अशोज २९, २०८२
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एकको निधन

पोखरीमा पुरुषको शव फेला

अशोज २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

अशोज २९, २०८२
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

अशोज २९, २०८२
सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2291 shares
    Share 916 Tweet 573
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1535 shares
    Share 614 Tweet 384
  • इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए

    1445 shares
    Share 578 Tweet 361
  • खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

    839 shares
    Share 336 Tweet 210
  • इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’

    575 shares
    Share 230 Tweet 144

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.