इटहरी : सुनसरी जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा सुनसरीको गढी गाउँपालिका २ स्थितबाट को १ ह ८१७० नम्बरको अटो टेम्पोमा भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामान करिब ५ लाख मूल्य बराबरको सामान रहेको छ ।
यसैगरी देवानगञ्ज गाउँपालिका ४ स्थिबाट करिब ४ लाख ५० हजार मूल्य बराबरको ९ सय थान कुर्ता सुरुवाल बरामद गरेको छ ।
चेकजाँचकै क्रममा कोशी गाउँपालिका ७ स्थितबाट करिब ६३ हजार २ सय ८० रुपैयाँ मूल्य बराबरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।
Discussion about this post