इटहरी : झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पटकाजन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका ५ स्थितबाट अवैध रूपमा लुकाई छिपाई ल्याउँदै गरको अवस्थामा करिब ४ लाख मूल्य बराबरको विभिन्न किसिमको पटकाजन्य विष्फोटक पदार्थ र तिहारमा बाल्ने झिलिमिली बल्व लाईट बरामद गरिएको हो ।
यसैगरी सुनसरीको देवानगञ्ज गाउपालिका ४ स्थितबाट करिब ७३ हजार १ सय २० रुपैया मूल्य बराबरको पटकाजन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।
Discussion about this post