इटहरी : जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारसहित विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ।
गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार फरार कैदीबन्दीहरूको नामावली सार्वजनिक गरिएको हो। जसअनुसार सुनसरीको झुम्का कारागारबाट मात्रै ६१५ कैदीबन्दी फरार छन् ।
मन्त्रालयले यसअघि नै फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ।
कारागार व्यवस्थापन विभागले सार्वजनिक नामावली मार्फत फरार कैदीबन्दीहरूको पहिचान र निगरानीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
यी हुन् फरार कैदी – सूची
Discussion about this post