उदयपुर : उदयपुरमा गुडिरहेको कारमा अचानक आगो लागेको छ ।
सोमबार मदन भण्डारी राजमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा सडकमा गुडिरहेको बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगो लागेको हो ।
आगलागीमा परेर चुलाचुली गाउँपालिका–५ इलामका ७ वर्षीय आरोन सेन्चुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए।
उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
कार चालक चुलाचुली गाउँपालिका–५ इलामका ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, कारमा सवार उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी, छोरा १४ बर्षीय आयुष सेन्चुरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post