इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवनस्थितमा रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र १ खारखोलाका २७ वर्षीय सञ्जीव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post