Wednesday, October 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापाका कृषक भन्छन् – ‘फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ’

रासस by रासस
अशोज २८, २०८२
in विविध, समाचार
0
झापाका कृषक भन्छन् – ‘फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ’
62
SHARES
Share on FacebookShare on Twitter

झापा : फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ ।

तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लागाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो ।

विर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताए ।

उनले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आएका छन् । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छन् ।

“तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भने, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट ग¥यो । मागअनुसार पु¥याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।”

ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियोे ।

उनले हाल दैनिक दुईदेखि तीन सय माला बिक्रीका लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताए । फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ ।

साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिए । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उनको भनाइ छ ।

“हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”

उनका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उनले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताए ।

तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गरे।

पहिलोपटक फूलखेती गरेका साहले भने, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।”

यसैगरी, विर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गरेकी छन् । उनले केही फूल दसैँमा बिक्री गरिसकेको बताइन् । बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको उनको भनाइ छ ।

“तिहारका लागि साचेर राखेको करिब दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भनिन्, “धेरै माग आएको थियो अब पु¥याउन सक्ने स्थिति छैन ।”

उनले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताइन् ।

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएको उनले सुनाइन् ।

जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।

Tags: #झापा#राससफूल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर
समाचार

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

पाँचथर : तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तमोर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ७ अम्वेजनीमा...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
समाचार

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

इटहरी : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई...

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

अशोज २९, २०८२
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एकको निधन

पोखरीमा पुरुषको शव फेला

अशोज २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

अशोज २९, २०८२
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

अशोज २९, २०८२
सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2292 shares
    Share 917 Tweet 573
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1535 shares
    Share 614 Tweet 384
  • इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए

    1445 shares
    Share 578 Tweet 361
  • खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

    839 shares
    Share 336 Tweet 210
  • इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’

    575 shares
    Share 230 Tweet 144

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.