Wednesday, October 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी र डुबानका कारण झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

रासस by रासस
अशोज २८, २०८२
in समाचार
0
झापा : बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट
60
SHARES
Share on FacebookShare on Twitter

झापा : यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ ।

उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारी वर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो ।

बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उनले जानकारी दिए ।

यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ३, ४, ५ र ७, भद्रपुर नगरपालिकाको वडा नं ३, गौरादह नगरपालिकाको वडा नं ५ र ६ तथा कनकाई नगरपालिकाको वडा नं १, ३, ५, ६ र ८ का क्षेत्रहरूमा बाढीका कारण कृषिबालीमा क्षति पुगेको छ ।

केन्द्रका प्रमुख विष्टका अनुसार बाढीले सबैभन्दा बढी धानखेतीमा असर पारेको छ ।

झापाका ७०३ कृषकले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाएका धानबाली क्षति पुगेको बताउँदै उनले क्षति पुगेका अन्य बालीहरूमा तरकारी, आलु, केरा, जुट, मास र भुइँकटहरलगायत रहेका उल्लेख गरे ।

यसैबिच बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको विष्टले जानकारी दिए ।

Tags: #कृषि#झापा#राससक्षति
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर
समाचार

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

पाँचथर : तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तमोर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ७ अम्वेजनीमा...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
समाचार

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

इटहरी : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर दुई...

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

अशोज २९, २०८२
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एकको निधन

पोखरीमा पुरुषको शव फेला

अशोज २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चतरादेखि ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर

तमोर करिडोरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

अशोज २९, २०८२
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

अशोज २९, २०८२
सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2292 shares
    Share 917 Tweet 573
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1535 shares
    Share 614 Tweet 384
  • इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए

    1445 shares
    Share 578 Tweet 361
  • खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

    839 shares
    Share 336 Tweet 210
  • इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’

    575 shares
    Share 230 Tweet 144

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.