धरान : धरानमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
भाइटीकाको अघिल्लो दिन बुधवार राति विशेष सूचनाका आधारमा धरान–१० धर्मपथ र धरान–११ मंगलबारे चोकमा प्रहरी टोलीले छापा मारेको थियो ।
धरान–१० धर्मपथमा पक्राउ परेका ३७ वर्षीय राजन मगरको साथबाट प्रहरीले डेकोलिक ट्याब्लेट २८० पिस र ट्रमाडोल ट्याब्लेट २९० पिस बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यसैगरी, धरान–११ मंगलबारे चोकमा गरिएको चेकजाँचका क्रममा प्र–१–०२–०४५ प ४९७५ नम्बरको मोटरसाइकल चलाइरहेका ३५ वर्षीय डिपल भट्टराईको साथबाट ब्राउनसुगर ३.०६ ग्राम फेला परेको छ ।
दुवैजनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post