धरान : धरानमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको भन्दै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५, निराजन बस्ती, झण्डा पार्कस्थित लक्ष्मण परियारको घरमा छापा मारेको थियो ।
प्रहरीले घरमा खानतलासी गर्दा ट्रमाडोल २१० क्याप्सुल र नगद एक लाख तीन हजार बरामद पारेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान १५ निवासी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।













Discussion about this post