इटहरी : एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
सोमवार उद्घाटन खेलमा जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेख एक्लैले ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
एनपीएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरु एकै ठाउँमा आबद्ध भई प्रतिस्पर्धा गर्दैछन् ।













Discussion about this post