Monday, November 17, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
in समाचार
0
इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८ शिवलिङ्ग परिसरमा आगामी मंसिर ३ गते बाला चतुर्दशी पर्वअन्तर्गत शतबिज छर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

दिवंगत पितृको मोक्षका लागि शतबिज छर्न अन्यत्र टाढासम्म धाउनुपर्ने बाध्यता अब स्थानीयस्तरमै समाप्त हुने भएको छ।

माया घर छेउमा रहेको नयाँ त्रिनेत्र मोक्षधाममा श्रद्धालुहरूले आफ्ना पितृहरूको चिरशान्तिका निम्ति मनोकामना राखेर शतबिज छर्न सक्ने केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन्।

मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन सन्ध्या, जाग्राम, शिवकीर्तन तथा कथा वाचन हुनेछ भने मंसिर ३ गते बिहान ३ बजेदेखि शतबिज छर्ने विधि सुरु हुनेछ।

१०८ शिवलिङ्ग परिसरमा पहिलोपटक बाला चतुर्दशी मनाउन लागिएको हो।

चतुर्दशीको अघिल्लो दिन महादीपदानका लागि श्रद्‍धालुहरू रातभर बसेपछि भोलिपल्ट बिहान स्नान गरी शिवलिङ्ग क्षेत्रमा प्रवेश गर्नेछन्। यसो गर्दा दिवंगत पितृले मोक्ष पाउने धार्मिक विश्वास छ।

श्रद्धालुहरूको सुविधाका लागि बस्नका लागि सुरक्षित आवास, भोजन तथा स्नान कक्षको व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ।

श्रद्धालुको भीडलाई ध्यानमा राख्दै कार्यक्रमस्थल वरपर सुरक्षा व्यवस्थासमेत कडाइ गरिएको छ।

यो क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा अघि बढाउन कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा स्थानीय तहसँग सहकार्य गर्दै योजना कार्यान्वयन भइरहेको अध्यक्ष प्याकुरेलले बताइन्।

गत भदौ १९ गते कोशी प्रदेशसभा सांसद भीम पराजुलीले १०८ शिवलिङ्ग शिलान्यास गरेका थिए।

अध्यात्ममार्फत मानव जीवनलाई सहज र सरल बनाउने उद्देश्यसहित स्थापना गरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले गत कार्तिक १४ देखि २१ गतेसम्म श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दै १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा पनि गराएको थियो।

Tags: शतबिजशिवलिङ्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?
समाचार

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावक पहिचान गर्न प्रहरीले खोजी...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

by रासस
मंसिर १, २०८२
0

झापा : सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा...

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२
इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

मंसिर १, २०८२
एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

मंसिर १, २०८२
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

कार्तिक ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

मंसिर १, २०८२
सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

मंसिर १, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन