धरान : लोकप्रिय गायक हेमन्त शर्माले साङ्गीतिक प्रस्तुति दिँदै दर्शक–स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
‘नझरेका फूलहरू’को आयोजनामा धरान आएका गायक शर्माले आफ्ना एक दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दा उपस्थित दर्शक छमछमी नाचेका हुन्।
पहिलोपटक धरानमा साङ्गीतिक प्रस्तुति दिएका शर्माले यस ठाउँमा गीत सुनाउन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए।
पटकपटक धरान आउने चाहना हुँदाहुँदै पनि संयोग नमिलेको उल्लेख गर्दै यसपटक ‘नझरेका फूलहरू’को आयोजनामा आफ्ना फ्यान र स्रोतालाई प्रत्यक्ष गीत सुनाउन पाउँदा विशेष आनन्द मिलेको उनले बताए।
कार्यक्रममा धरानका चर्चित गायक कृष्णराजा श्रेष्ठ, दीपक दर्नाल, सङ्गीतकार रोशन शर्मा तथा इटहरीका कवि लक्ष्मीप्रसाद पराजुलीले समेत आ–आफ्नो प्रस्तुति राखेका थिए।
धरान–९ स्थित रोटरी क्लबको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष एवम् धरान उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश राई रहेका थिए ।
विशिष्ट अतिथिमा प्रा.डा. भीम खतिवडा, डा. अस्मिता विष्ट र किरण टी. लिम्बू सहभागी थिए।
‘नझरेका फूलहरू’को नियमित शृङ्खलाअन्तर्गत कार्यक्रम आयोजना गरिएको परिकल्पनाकार, संस्थापक तथा प्रस्तोता केपी घिमिरेले जानकारी दिए ।
कार्यक्रममा दर्जनौँ सङ्घसंस्थाको सहयोग र सक्रिय सहभागिता रहेको धरानका सङ्गीतकर्मी विनायक राईले बताए।














Discussion about this post