इटहरी : भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन् । उनले १६ हजार ६६३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाटै विद्रोह गरी उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
उनी ०७४ को निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष थिए । नेकपा एमालेका उम्मेदवार शेरधन राई पराजित भएका छन् । शेरधनले १४ हजार ७५० मत प्राप्त गरे ।
नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रमेश प्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।
शेरधन ०७९ को निर्वाचनमा सुदन किरातीसँग पराजित भएका थिए ।















Discussion about this post