इटहरी : झापाको शिवसताक्षी नगरपालिका दूधेमा सञ्चालित चौथो कोशी प्रदेशस्तरीय खुल्ला आमन्त्रण कराते प्रतियोगितमा इटहरी कराते एकाडेमीका खेलाडीहरूले १० वटा स्र्णपदक जितेका छन् ।
त्यस्तै, ९ वटा कास्य र ११ वटा ब्रोन्ज मेडल हात पारेको आयोजक समितिले जनाएको छ । उक्त खेलमा इटहरी कराते एकाडेमीकी शिल्पा श्रेष्ठले ‘वेष्ट फाईटर’को उपाधि चुमेकी छन् ।
प्रथम भई स्वर्ण पदक प्राप्त गर्नेहरूमा एन्जल श्रेष्ठ, शिल्पा श्रेष्ठ, समीर राई, आशाराम कामत, अष्टिन उप्रेती, प्रविन चौधरी, रेईन थापा, आशिष हरिजन, निकेश नेपाली र राहुल हरिजन छन् ।
त्यस्तै, दोस्रो स्थान हासिल गरी सिल्भर मेडल प्राप्त गर्नेहरूमा मन्दीप रसाईली, अनुष्का कार्की, सुशील आङबुहाङ, रहेन चौधरी, सुजन कार्की, यूसन बुढाथोकी, अमर मगराती, खेमराज खत्री र अन्सु राउत छन् ।
तेस्रो स्थान हासिल गरी ब्राउन्ज मेडल प्राप्त गर्नेहरूमा जोसब रायमाझी, ड्रिम एन्जल घले, शिवानी चौधरी, सस्कार नायक, मनिष राई, रमित बस्नेत, रोहित सरकार, रोनक अग्रवाल, अनिकेत सरदार, पूजा कार्की, जोयल यादव र आश्रय लुइँटेल रहेका छन् ।
गत फागुनको २९ र ३० गते झापा जिल्लाको शिवसताक्षीमा सञ्चालन भएको उक्त कराते च्याम्पियन्सीपमा इटहरी कराते एकाडेमीका प्रशक्षिक तथा अन्तराष्ट्रिय प्रशिक्षक सागर राउतले खेलाडीहरूलाई विगतदेखि नै तयारी गराएर सहभागी गराइएको र सहभागी सबै खेलाडीहरूले कुनै न कुनै मेडल जित्न सफल भएको बताए ।
सीमित साधन स्रोत र अभावका बाबजुद पनि इटहरी कराँते एकाडेमीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेको उनको दाबी छ ।
खासगरी खेलाडीहरूलाई नेपाल सरकार, खेलकुद विकाश समिति र सथनीय तहमा नगरपालिकाले उचित सहयोग गरेमा देश र विदेशमा इटहरी कराते एकाडेमीका खेलाडीहरूले अझ राम्रो खेल प्रदर्शन गर्दै, नेपालमै नाम कराँते खेलमा अन्तराष्ट्रिय जगतसम्म अब्बल साबित गराउने प्रशिक्षक राउतको दाबी छ ।














Discussion about this post