इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक कुमार साह विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित हासिल गरेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५ सय ८७ मत मात्रै प्राप्त गरे। साह र कार्कीबीचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ।
नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ८ हजार ६ सय ३१ मत प्राप्त गरे। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका महम्मद महफुज अन्सारीले ३ हजार ४ सय ३२ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७ सय ६३ मत प्राप्त गरेका छन्।
सो निर्वाचन क्षेत्रमा यसअघि दुईपटक कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन जितेका थिए ।















Discussion about this post